खाेज्नुहाेस

बझाङको बित्थडचिरमा एकल पुरुषलाई भत्ता

Image

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै छ । गाउँपालिकाले ५० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई भत्ता वितरण गर्ने भएको हो ।

navjiwan hospital

प्रमुख प्रशासकीय अधिकृत रमेश विष्टले गाउँपालिकाको एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि २०८० बमोजिम ५० वर्ष उमेर पूरा भएका तर अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई भत्ता वितरण गर्न लागिएको बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

उनका अनुसार प्रतिमहिना ५०० रुपैयाँका दरले भत्ता वितरण गरिने छ । गाउँपालिकाले गत वर्ष पनि ६३ जना एकल पुरुषलाई भत्ता उलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।