खाेज्नुहाेस

अझै फुकेन इको पार्क निर्माणको गाठो

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ मा रोकिएको इको पार्क निर्माणको काम अझै सुरु हुन सकेको छैन । प्रक्रिया पुरा नगरी निर्माण सुरु गरिदा रोकिएको पार्क निर्माणको काम हालसम्म पनि प्रक्रिया पुरा नहुँदा रोकिएको हो ।

तत्कालीन जनप्रतिनिधिले पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयन गर्न हतार हतारमा प्रक्रिया पुरा नै नगरी इको पार्क निर्माणको काम अगाडि बढाएका थिए । नगरपालिकाले डीपीआर बनाएर ठेक्का मार्फत काम अगाडि बढाएको भएपनि प्रारम्भिक वातावरणीय परीक्षण (आईई) बिना नै निर्माण भइरहेको भन्दै डिभिजन वन कार्यालयले काम रोकेको थियो ।

attariya hospital
navjiwan hospital

हाल आवश्यक प्रक्रिया पुरा गर्ने काम भइरहेको वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउदले बताएका छन । उनले रोकिएको काम सुचारु गर्नको लागि हाल डिपिआर र आईईई बनाइसकिएको बताए । ‘डिपिआर र आईईई नगरबाट स्वीकृत गरेर सम्बन्धित निकायमा पठाएर समन्वय गरिरहेका छौ’ उनले भने ‘रोकिएको काम अब सुरु हुन्छ । कागजात अपडेट भएपछि रोकिएको बजेट पनि आउन्छ ।’ उनले आवश्यक सबै कागजात तयार गरेर सम्बन्धित मन्त्रालयमा बुझाइसकेकाले रोकिएको काम चाडौ सुरु हुने बताए ।

वडा नम्बर २ मा निर्माण सुरु गरिएको इको पार्कको २०७८ मंसिर १ गते शिलान्यास गरिएको थियो । तर, शिलान्यास गरिएको ३ महिना पछि निर्माणाधीन अवस्थामै डिभिजन वन कार्यालयले जग्गा प्राप्तिका लागि प्रक्रिया पुरा नगरेको, आईईई स्वीकृत नगरको भन्दै काम रोकेको थियो । नगरपालिकाले भने गडबिजुला सामुदायिक वन उपभोक्ता समितिले इको पार्क निर्माण गर्ने निर्णयकै आधारमा काम अगाडि बढाएको थियो ।

पार्क निर्माणका लागि पर्यटन मन्त्रालयले २ करोड ४० लाख र नगरपालिकाले १ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । जसका लागि जोशी अमृत जेभिले २ करोड ३२ लाख ४३ हजार ९ सय ७ रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौता अनुसार पार्क निर्माणको काम २०७९ फागुन मसान्तमा सम्म सकिनुपर्ने भएपनि पछिल्लो २ वर्ष देखि काम ठप्प रहेको छ । निर्माण कम्पनीले निर्माण सुरु गरेका पर्खाल भनव पनि जीर्ण बन्न थालेका छन ।

तत्कालीन डिपिआर अनुसार पार्कमा बाउन्ड्री वाल, रेष्टुरेन्ट, अफिस तथा गार्ड घर, शौचालय तथा चेन्जिङ रुम, शिव मन्दिर, ढुङ्गे धारा सहितको स्विमिङ पुल, बालबालिका खेल पार्क, झरना सहितको संरचना निर्माण गर्ने योजना अघि सारिएको थियो । पार्क निर्माणका लागि सामुदायिक वनमा १० हेक्टर क्षेत्रफल छुट्याइएको छ ।