चितवन – चितवनबाट ५४२ किलो गाँजासहित प्रहरीले दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । एउटा ट्रकका चालक र अर्को ट्रकका सहचालक पनि पक्राउ परेको प्रहरीको भनाइ छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा गए राति पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–३ झुरझुरेबाट ५४२ केजी गाँजा बरामद भएको डीएसपी श्रीराम भणडारीले बताए ।


पछिल्लो एक वर्षमा चितवनमा ठूलो परिणाममा गाँजा बरामद भएको यो पाँचौँ हो ।
















