खाेज्नुहाेस

बझाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

Image

बझाङ – बझाङमा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जीप दुर्घटना हुँदा एक जना मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन ।

navjiwan hospital

दुर्घटनामा तल्कोट १ का सुस्मिता कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायत घाइते भएका छन ।

attariya hospital

तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।