कास्की- गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । शुक्रवार स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो ।
भोलि प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनामार्फत जनाएको छ ।