खाेज्नुहाेस

नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित

Image

आइसीसी यू-१९ विश्वकपमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको छ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा दिएको १७० रनको लक्ष्य बाङ्लादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। बाङ्लादेशका लागि अरिफुल इस्लाम र जिशन आलमले अर्धशतक प्रहार गरे। इस्लामले ३८ बलमा ५९ र आलमले ४३ बलमा ५५ रन बनाए।

attariya hospital
navjiwan hospital

नेपालका लागि सुवाष भण्डारीले पाँच विकेट लिए। उनले आठ ओभरमा ४४ रन खर्चिए। अन्य बलरले विकेट लिन सकेनन्।

यसअघि ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो। नेपालका लागि विशाल बिक्रम केसीले ४८, देव खनालले ३५, सुवास भण्डारीले १८ र अर्जुन कुमालले १४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

बाङ्लादेशका लागि रोहनत बोर्सोनले चार, शेख पभेजले तीन, इक्बल हुसेन, मरुफ मृधा र जिसन आलमले एक-एक विकेट लिए।

सुपर सिक्स अन्तर्गत नेपालले अर्को खेलमा शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।