काठमाडौँ- आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको १४ सय २० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।