खाेज्नुहाेस

ट्रम्पले मानहानी मुद्दामा आठ करोड बढी डलर तिर्नुपर्ने

Image

एजेन्सी- एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानी मुद्दामा झण्डै आठ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । सन् २०१९ मा राष्ट्रपति भएका बेला ट्रम्पले आफूलाई बदनाम गरेको क्यारोलले आरोप लगाएकी थिइन् ।

navjiwan hospital

मानहानि मुद्दामा फैसला सुनाउँदै न्यायाधीशहरुले क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको र उनको प्रतिष्ठामा चोट पुर्‍याएकोमा ट्रम्पले १.८३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएको छ। यसबाहेक ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ ।

attariya hospital

यसअघि ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरेको पाइएको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।