खाेज्नुहाेस

आज भारतको ७५ औँ गणतन्त्र दिवस

Image

भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदैछ। यो अवसरमा भारतले विभिन्न कार्यक्रम गर्दैछ। गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ।

navjiwan hospital

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो। भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

attariya hospital

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​

त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ।