
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसमा उनले दुवै सदनको संयुक्त बैठक २२ गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेगरी आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

















