खाेज्नुहाेस

भारतमा पाँच बालबालिकाको निसास्सिएर मृत्यु 

Image
एजेन्सी- भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर मृत्यु भएको छ । उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका सात जनामध्ये पाँच जनाको निसास्सिएर मृत्यु भएको र दुई जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
navjiwan hospital
attariya hospital
उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए । कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको ज्यान गएको प्रारम्भिक अनुमान रहेको खबरमा उल्लेख छ ।