खाेज्नुहाेस

प्रहरी हवल्दार मृत फेला

Image

संखुवासभा- संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेर सुत्न पुगेका उनी ड्रेसमै सुतेका पाइएका हुन् ।

navjiwan hospital

‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियौं,’ संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’

godawari nagarpalika dadhelo
attariya hospital

४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।