खाेज्नुहाेस

‘जाउ है पोखरा’ अभियानद्धारा महेन्द्रनगरमा अन्तक्रिया

Image

कञ्चनपुर – होटल संघ पोखराले संचालन गरेको ‘जाउ है पोखरा’ अभियान अन्तरगत कञ्चनपुरको महेन्द्रनगरमा अन्तक्रिया गरिएको छ । होटल व्यवसायी संघले ‘आन्तरिक पर्यटन नै दीगो पर्यटनको आधार’ भन्ने नारा लिएर दुई दशक अघि शुरुगरेको जाउ है पोखरा अभियानलाई यस वर्ष पनि निरंतरता दिदै अभियानको प्रचारका क्रममा महेन्द्रनगरमा अन्तक्रिया गरेको हो ।

सोमबार होटल संघ पोखराले महेन्द्रनगरमा होटल व्यवसायी कञ्चनपुर संग सम्बन्ध विस्तार, समन्वय र सहकार्य गरि प्रयटन पर्वद्वनका लागि छलफल तथा अन्तरक्रिया गरेको थियो ।

attariya hospital
navjiwan hospital

आन्तरिक पर्यटनको विकासको लागी व्यवसायीक सहकार्य र पर्यटन पर्वद्वनको मुख्य उद्देश्य अभियानले लिएको होटल संघ पोखराका अध्यक्ष लक्षमण सुबेदिले बताए । ‘यहीँ यथार्थलाई ख्याल गर्दै निरन्तरता दिएका छौ’ अध्यक्ष सुवेदीले भने ‘देशैभर नेपालीहरुको घुम्ने बानिको बिकास भएको छ,पोखरामा मात्रै ३५ प्रतिशत नेपाली छ्न ।’

होटल सघ पोखराले गत कार्तिक महिनामा पुर्वी नेपालका विभिन्न शहरमा यो अभियान संचालन गरेको थियो । यहीँ मङ्सिर २९ गतेदेखि पुस ४ गतेसम्म पश्चिम नेपालमा यो अभियान सुचारु गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा होटल संघ पोखराको आयोजना हुने यो अभियानमा यो वर्ष भैरहवा , नेपालगन्ज, धनगढी र महेन्द्रनगर शहर समेटिएको छ ।

होटल संघ पोखराका अनुसार पोखरामा १ हजार दुई सय होटल सन्चालनमा छन । जसमा १५ हजार नेपालिले रोजगारी पाएका छ्न । होटल संघ पोखराले आन्तरिक पर्यटन प्रवद्धन संगै फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव र खेलकुदका कार्यक्रम गर्दै आएको जनाएको छ । वाह्य पर्यटनको लागि भारतीय शहरहरुमा ‘चलिए पोखरा अभियान’ समेत चालाइ सकेको छ ।
पोखरा प्राकृतिक, सास्कृतिक र एडभेन्चर सबै मौसम उपयुक्त पर्यटकिय गन्तव्य भएकोले पोखरा भ्रमणको होटल संघले सबैलाई निमन्त्रणा गरेको छ ।