
बझाङ- बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका-११ की ३२ वर्षिया सुनिता थापाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
हिजोदेखि सुत्केरी व्यथा लागेर अत्याधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख डिएसपी भरत शाहले बताए । थापाका दुई छोरी छन् ।

















