बझाङ- बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका-९ कुलाकाट्ने भन्ने ठाउँमा कच्चि सडकखण्डमा आज बिहान सुपप्र ०१००१ च ३९६५ नम्बरको जिप दुर्घटना भएको हो ।

सुर्मा गाउँपालिका-२ का अन्दाजी २३ वर्षीया आवाज बोहोराले चलाएको जिप ब्रेक फेल भई सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा जिप साहु ३२ वर्षीया केशव थापा घाइते भएका र उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले थप अनुशन्धान भइहेको प्रहरी जनाएको छ ।
















