
बारा- बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तिम्ल्याहा शिशु जन्माएकी छिन् । वीरगञ्जको विर्तामा रहेको श्रीराम अस्पतालमा उनले तिम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।
गत आइतबार शल्यक्रियामार्फत उनले दुई छोरा र एक छोरीलाई जन्म दिएको बताइएको छ । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।




















