खाेज्नुहाेस

लुक्ला उडेको तारा एयरको झ्यालको सिसा खस्यो

Image

सोलुखुम्बु- सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतबार काठमाडौँबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।

navjiwan hospital

सिसा कुन ठाउँमा खस्यो भन्ने यकिन हुन सकेको छैन । पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ । जहाज मर्मतपछि केही दिनमा काठमाडौँ फर्किने तारा एयरले जनाएको छ ।