खाेज्नुहाेस

जाजरकोट घटनाको फैसलाः २३ जनालाई जन्मकैद, तीन जनालाई जातीय विभेदमा सजाय

Image

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।

navjiwan hospital

जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ। यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत (रुकुम पश्चिम) का स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन्।

घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए। उनीहरूमध्ये थुनछेक बहसका क्रममा २ जना बालकसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो।