काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एक पानी प्रशोधन कम्पनीलाई एक लाख रुपैयाँ जरिबाना तिराएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीलाई एक लाख रुपैयाँ जरिबाना तिराएको हो ।

सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीबाट उत्पादित पानीको बोतलभित्र किरा भेटाएको थियो ।


गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै जरिबाना गराई महानगरले कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेला–बेला मेशिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।

















