खाेज्नुहाेस

बझाङमा ९१ किलो गाँजा सहित ३ जना पक्राउ

Image

अत्तरिया – बझाङमा ९१ किलो ५१५ ग्राम गाँजाको दाना र धुलो सहित ३ जना पक्राउ परेका छन । खप्तडछान्ना गाउँपालिका – ७ गोर्खाली गाउँमा रहेको खडक खड्काको घरबाट प्रहरीले गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६४ वर्षिया खड्का सहित गोरखा अजिरकोट गाउँपालिका – २ खरिकोट बस्ने ३८ वर्षिया सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका – ९ लक्ष्मीपुर बस्ने ५५ बर्षिया राम बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital
navjiwan hospital

लागूऔषध चरेस गाँजाको अवैध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा आइतबार गाँजा सहित तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ५ वटा सेतो कपडाले बेरेका प्लास्टिक बाटा , १ थान डिजिटल तराजु २ थान कैँची, १ थान ब्लेड, ३ थान कार्टुन टेप, १ थान ब्रस, १ थान रबर पोका र गाजाको धुलो छान्न प्रयोग गरिने सेतो कपडा र गाजाको धुलो राख्न प्रयोग गरिने प्लास्टिक बरामद गरेको छ ।

उनीहरूमाथि बझाङ जिल्ला अदालतबाट दिन १५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।