काठमाडौँ- सुदूरपश्चिमका ५ सहित सम्पर्कविहीन रहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

सूचनामा विभिन्न पदमा कार्यरत सम्पर्कविहीन भएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ । पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भन्दै सूचना निकालेको छ ।


गैरहाजिर रहनुको कारण खोली स्पष्टीकरणसहित बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर नभएमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।



















