
काठमाडौँ- बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबिच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खु आएपछि झडप भएको हो ।
बल्खुमा दुर्गा प्रसाईं समर्थक रहेका थिए । युवा संघले तीनकुनेमा प्रदर्शन गर्दै छ । संघको बाइक र्याली कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको थियो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।





















