खाेज्नुहाेस

बझाङमा घाँस काट्ने क्रममा लडेर एक महिला घाइते

Image

अत्तरिया- बझाङमा घाँस काट्ने क्रममा लडेर एक महिला घाइते भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको साइपाल गाउँपालिका-३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।

navjiwan hospital

उनलाई अहिले घटनास्थलबाट उनको घर पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।

attariya hospital

घाइते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनले बताए ।