बझाङ – बझाङको एक फेन्सी पसलमा आगलागी भएको छ । जयपृथ्वी नगरपालिका – १० स्थित चैनपुर बजारमा रहेको कैलास फेन्सी पसलमा आगलागी भएको हो ।

जयपृथ्वी नगरपालिका–१ का डबलबहादुर खड्काले सञ्चालन गरेको पसलमा शनिवार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलभित्र रहेको अन्दाजी ५० लाख मूल्य बराबरको लुगाकपडा जलेर नष्ट भएको छ ।


















