खाेज्नुहाेस

खप्तड जोड्ने पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा

Image

बझाङ – तमैल बजारको सेती नदिमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज जाने सबै भन्दा छोटो बाटोमा पर्ने उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सेती नदीमा पक्कीलपुल बने संगै बझाङ, बाजुरा, अछाम लगायतका अन्य जिल्ला संग सडक संजाल बझाङसँग जोडिएको छ ।

navjiwan hospital

करिव २० करोड ठेक्कामा २०७३ सालदेखि निर्माण कार्य सुरूगरेको सपना केएस जेभी र सुर्मा सरोवर बजरंगवलीजेभी कम्पनीले समयमै निर्माण सम्पन्न गरि सक्नु पर्ने भएपनि २०७७ सालमा आएको वाढीले गर्दा सेती नदीमा निर्माणधिन रहेको मोटरबे पुलमा क्षति पुगेको थियो ।

attariya hospital

पुन २०७९ फागुन महिनामा सेती राजमार्ग (उत्तर खण्ड)चैनपुर ताक्लाकोट सडक योजनाले थप ठेक्का आह्वान गरेपछि सरकाले थप बजेट विनियोजन गरी पुलको थप एकफेजको निर्माण गर्न ठेक्का पुरानै निर्माण कम्पनीलाई दिएको थियो ।

सोही स्थानको भौगोलिक अवस्था कठिन भएपनि निर्माण कम्पनीको लगनशीलता र सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना बझाङको ताकेताले सम्झौता समयभित्र निर्माण कार्य सम्पन्न गरी असोज दोस्रो साथ सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताएको छ ।