खाेज्नुहाेस

बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

Image

बझाङ – बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् । “सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ”, चौधरीले भने ।

attariya hospital

उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।