खाेज्नुहाेस

सेती नदीमा खसेर एक युवक बेपत्ता

Image
सांकेतिक तस्बिर

बझाङ – बझाङस्थित सेती नदीमा बगेर एक जना युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा सेतीमा बेपत्ता भएका हुन।

navjiwan hospital

केदारस्यू गाउँपालिका–१ डाँसामा पानी पिउने क्रममा उनी चिप्लिएर नदीमा खसेका थिए। स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेका पुजारा बेपत्ता भएका प्रहरीले जनाएको छ।

attariya hospital

प्रहरी चौकी रायल बझाङबाट खटिएको प्रहरी टोलीले उनको खोजीका साथै थप अनुसन्धान गरिरहेको छ।