अत्तरिया – कैलालीको अत्तरियामा नयाँ होटल सञ्चालनमा आएको छ । अत्तरिया बसपार्क अगाड होटल यात्री प्लाजा सञ्चालनमा आएको हो । सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटकिय गन्तव्य खप्तडको प्रवेशद्धार झिग्राना होमस्टे सञ्चालन गरेका व्यवसायी दिपक बहादुर खड्काले उक्त होटल सञ्चालनमा ल्याएका हुन ।
उनले सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनका लागि होटल सञ्चालनमा ल्याएको बताए । उनले यसअघि डोटीमा सञ्चालन गरेको उक्त होटल अत्तरियामा स्थानान्तरण गरिएको बताए । ‘म पर्यटन क्षेत्रमा लागेको करिब १२÷१५ वर्ष भैसक्यो, मैले खप्तडको प्रवेशद्धारमा होमस्टे सञ्चालन गर्दै आईरहेको छु’ उनले भने ‘यो होटल पनि विगत ११ वर्षदेखी डोटीमा सञ्चालनमा थियो, कोभिडको बेला आर्थिक समस्याका कारण होटल बन्द गरेका थियौ, पछि अहिले आएर यहाँ सञ्चालनमा ल्याएका हौ ।’


होटल व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष समेत रहेका उनले सुदूरपश्चिममा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजताका लागि होटल खोलिएको बताए । ‘यो अत्तरिया क्षेत्र सुदूरपश्चिमकै ट्रान्जिट प्वाईन्छ हो’ उनले भने ‘मेरो आफ्नो ट्राभल कम्पनि पनि भएकाले विशेष गरी सुदूरपश्चिमका पर्यटकिय स्थलहरुमा घुम्न आउने पर्यटकहरुका लागि यो आवश्यक थियो ।’
उनले आर्थिक मन्दिका कारण धेरै ठुलो लगानी लगाएर होटल सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए । उनका अनुसार होटल सञ्चालनका लागि हालसम्म करिब ४० लाख जति लगानी लागिसकेको छ भने अझै १० लाख जतिको काम गर्न बाँकी रहेको छ ।
सोमबारबाट सञ्चालनमा आएको होटलको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहराले उद्घाटन गरेका थिए ।


















