खाेज्नुहाेस

बझाङमा कार्यालय सहयोगी बेपत्ता

Image

बझाङ – बझाङबाट एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुंङ्गल नगरपालिका – ३ विर्पैयाँका ४० वर्षीय धनबहादुर बोहरा रहेका छन् । उनी बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीसमेत रहेको इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ ।

navjiwan hospital

बोहरा नगरपालिकाबाट घर नफर्केको र उनले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

बिहीबार साँझदेखि बोहरा घर नफर्किएपछि परिवारले उनको खोजी गर्दा बिजगडा पुल नजिक चप्पल भेटाएको हुँदा उनी कालंगा नदीमा खसेको वा नखसेको यसबारे आधिकारिक रुपमा भन्न नसकिने इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ ।