खाेज्नुहाेस

रास्वपा बझाङ संयोजक खड्काद्धारा पत्रकारमाथी कुटपिट

Image

बझाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका संयोजकले पत्रकारलाई कुटपिट गरेका छन । जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन् ।

navjiwan hospital

बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एड्लक अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । खड्का स्वयं उक्त होटलका सञ्चालक समेत हुन् । खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् ।

godawari nagarpalika dadhelo
attariya hospital

यस्तै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशले पनी नेपाल एड्लक अनलाईनमा कार्यरत पत्रकार मण्डललाई होटेल होलिडे इनका संञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक नरेन्द्र खड्काको निर्देशनमा बन्धक बनाएको घटना प्रति पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यसरी पत्रकारलाई बन्धक बनाई कुटपिट गर्नु प्रेस स्वतन्त्रता बिरुद्धको काम भएको पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशको ठहर रहेको महासचिब रामसिंह ठगुन्नाद्धारा जारी प्रेस बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

सामाचारको बिषयमा कुनै बिमती भए त्यस्को समाधान गर्ने कानुनी बाटो हुँदाहुँदै पत्रकार माथी आक्रमण गर्ने घटनाको घोर भ्रत्र्सना गरिएको छ । सत्यतथ्य छानबिन गरी दोर्षी कार्वाहीको प्रसासन संग माग गरिएको छ । साथै यस्ता घटना पुनः नदोहो¥याउन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ ।