बझाङ – बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले खोला थुनिएको छ । वडा नम्बर ८ खट्टेको डाँडामा पहिरो आउँदा जुइली खोला थुनिएको हो ।

खोला थुनिएपछि अहिले सो क्षेत्रमा पानी जम्मा भएर ताल निर्माण भइरहेको वडा नम्बर – ८ का वडा अध्यक्ष सुरेस जेठाराले बताएका छन ।

उनले ताल बनेको पानी जुनसुकै समयमा पनि फुट्न सक्ने भएकाले गण्डकी, अर्थाला, बिनाडा, ज्याडा जुइल, ढोड्याखेत आसपासका सम्पूर्ण स्थानीय बासिलाई सतर्क रहन आग्रह गरेका छन ।

















