बझाङ – बझाङको वाउलीगाड खोलाको किनारमा चन्द्रगगन आधुनीक बसपार्क निर्माण गरिने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले बझाङमा आधुनीक बसर्पाक निर्माण गर्न लागेको हो ।
बसपार्कको शनिबार एक कार्यक्रमबा बीच जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले सयुक्त रुपमा शिलान्यास गरेका छन । सोही कार्यक्रममा पानकोट कैलास सडक, चैनपुर मयाना सडकको पनि शिलान्यास गरिएको थियो ।


३ वटै योजनाको लागत २५ करोड रहेको छ । २३ रोपनी जग्गामा निर्माण गरिने बसपार्क निर्माणका लागि ५ करोडमा ठेक्का सम्झौता भएको छ ।
बसपार्कमा पाँच वटा यात्रु प्रतिक्षालय एउटा सटर सहित शौचालय निर्माण गरिने बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष किष्ण बहादुर बिष्टले बताएका छन ।
बसपार्क निर्माणको ठेक्का पाएको किनारा निर्माण सेवाका प्रतिनिधि सुर्य बोहराले भन्ने चन्द्रगगन बसपार्क निर्माण तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने बताए ।

















