खाेज्नुहाेस

गोदावरीको पर्यटन विकासमा संघ, प्रदेशको भर

Image

अत्तरिया – गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रमले नगर क्षेत्रमा रहेका सबैजसो पर्यटकीय क्षेत्र समेटेको भएपनि त्यसको विकासका लागि भने संघ र प्रदेशकै भर परेको छ । नीति कार्यक्रममा नगरमा भएका प्रर्यटकीय क्षेत्रको विकासका लागि संघ प्रदेशमा समन्वय गरिने उल्लेख छ ।

navjiwan hospital

‘नगरपालिकाका भित्र रहेका पर्यटकीय नाइल ताल, लामी ताल, राजी ताल, मुरीभावरको विकासका लागि प्रदेश तथा केन्द्र सरकार सँग समन्वय गरिनेछ’ नीति कार्यक्रममा भनीएको छ ‘गोदावरी धाम, मष्टा धाम, ग्वाँसी समैजी, गोलादेउ धाम लगायतका अन्य धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संघ प्रदेश र निजी क्षेत्रहरु सँग लगानीका लागि विशेष पहल गरिनेछ ।’

attariya hospital

यस्तै गोदावरी वडा नम्बर ४ स्थित हाटखोली र गाजरी झरना, वडा नम्बर ९ स्थित भल्का र वडा नम्बर १२ को मछेलीलाई संघीय सरकारको सहयोगमा पिकनिक स्पोटको रुपमा विकास गरी आन्तरिक पर्यटक भित्र्याउने नीति लिइने जनाइएको छ ।