खाेज्नुहाेस

अपराधिक गतिविधि न्यूनीकरणका लागि बझाङका विद्यालयमा अन्तरक्रिया

Image

बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङले समाजमा हुने बिभिन्न अपराधिक गतिविधि न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्र्तगत जिल्ला प्रहरी कार्यलय बझाङले बिद्यालयहरुमा अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको हो ।

navjiwan hospital

जसअन्र्तगत विहिबार मष्टा गाउँपालिका – २ बाडेगाउँ स्थित भवानी आधाभुत विद्यालयमा साईवर अपराध न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक राम बहादुर बमले साईवर अपराधको परिचय, न्यूनिकरण, कानूनी प्रावधान र सामाजिक संञ्जालको सुरक्षित प्रयोग तथा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी गराएका थिए । उनका अनुसार जिल्ला प्रहरी कार्यलय बझाङले जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन मातहतका प्रहरी कार्यलय तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा घरेलु हिंसा, महिला हिंसा, लैंगीक हिंसा, लागुऔषध दुब्र्यसन, बालविवाह, बहुविवाह, बालयौन दुव्र्यवहार, आत्महत्या, जबरजस्ती करणी, छुवाछुत जस्ता विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

attariya hospital

यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराधिक कृयाकलाप तथा सामाजिक विकृतिमा कमी आएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए । ‘यि यस्ता कार्यक्रमहरु निकै प्रभावकारी भएका छन । बिगतका दिनमा समाज हुने गरेका अपराधिक कृयाकलाप लगभग पुुरै बन्द भएका छन । लागु औषधकर्ता र यसको ओसारपसार बन्द छ । बिद्यालमा गएर सचेतना र अन्तरकृयाका कार्यक्रमलाई निरन्तरता दिएका छौ ।’ उनले भने ‘प्रहरीले यो अभियान जिल्लाका १२ ओटै स्थानीय तहका ९४ ओटै वडामा संचालन गरेको छ ।’
जिल्ला प्रहरी कार्यालय बझाङले सञ्चालन गरिरहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम जिल्लामा प्रभावकारी समेत बन्दै गएको स्थानियले बताएका छन अपराध रोकथाम तथा नियन्त्रण र शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सबैको साथ र आवश्यकता रहेको भन्दै कहीँ कतै अपराधिक गतिबिधि भईरहेको भए जिल्ला प्रहरी कार्यालयमा तथा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि प्रहरी निरिक्षक अवस्थीले आग्रह गरे ।