खाेज्नुहाेस

खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर छ : आचार्य

Image

धनगढी – पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर भएको बताएका छन । खप्तडमा हुने आध्यात्मिक सम्मेलनका लागि धनगढी पुगेका आचार्यले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको दाबी गर्दै यसको प्रचार र विकास गरिनुपर्ने बताए ।

उनले भने ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ । यहाँको प्रदेश सरकारले, नेपाल सरकारले खप्तडको विकासमा लाग्नुपर्छ, हामी पनि यसमा सहयोग गर्छौ ।’

attariya hospital

पतञ्जलिले खप्तडलाई देश विदेशमा चिनाउन पहल गर्ने बताउँदै उनले खप्तडमा आफूले जडिबुटीको अन्वेषण पनि गर्ने बताए । त्यसका लागि आफ्नो बिज्ञ टोली खप्तड पुगिसकेको उनको भनाइ छ ।

navjiwan hospital

त्यस्तै निकट भविष्यमै कैलाश मानसशरोवर र खप्तडलाई आपसमा जोड्नुपर्ने उनले बताए । त्यसका लागि यहाँको सरकारलाई आफू सहयोग गर्न तयार रहेको बताए ।

जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भारतीय योगगुरु बाबा रामदेव, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले सम्मेलनको आयोजना गर्न लागेका हुन् ।