खाेज्नुहाेस

बझाङ कारागारका दुई जनाको कैद मिनाहा

Image

बझाङ – जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।

navjiwan hospital

गणतन्त्र दिवसको अवसरमा चोरी मुद्दामा ३ वर्ष कैद फैसला भएका छबिसपाथिभेरा गाउँपालिका – ४ का सुरेस थापा र धनगढी उपमहानगरपालिका – १ का बिनु चौधरीको बाँकी सजाय मिनाहा भएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताए ।

attariya hospital

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलनका आधारमा उनिहरुको कैद मिनाहा भएको बताईएको छ ।

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।