खाेज्नुहाेस

बझाङमा हिमपहिरो जाँदा यार्सा संकलन गर्न गएका तीन जना बेपत्ता, दुई जना घाइते

Image

बझाङ – बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन् । आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार अन्य दुई जना घाइते भएका छन् ।

attariya hospital
navjiwan hospital

उनले तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको खबर आएपनि नेटवर्क नहुँदा घटनाको वास्तविक विवरण पाउन कठिन भइरहेको बताएका छन ।

उनका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उनले बताए ।

सदरमुकामबाट स्थानीयलाई हिँडेरसमेत डेढ दिन लाग्ने उक्त पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने उनको भनाइ छ ।