खाेज्नुहाेस

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटनामा हुँदा तीनजनाको मृत्यु

Image

ट्रक दुर्घटनामा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।दैलेख स् दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

navjiwan hospital

डीएसपी लम्सालका अनुसार मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी,कामदार २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन् । दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ तालपोखरीमा ट्रक दुर्घटनामा परेको हो । मनकामना ग्यास सिलिण्डर लिएर नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामापरेको हो।

attariya hospital

दुर्घटनामा सहचालक प्रकाश कुमाई घाइते भएका छन् । ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ । ट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए ।