खाेज्नुहाेस

आज ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै

Image

५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस, सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुुकमा गोरा शासकहरूद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।

attariya hospital
navjiwan hospital

नेपालमा सन् २००१ देखि यो दिवस मनाईंदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रुपमा अनुमोदन गरेको थियो ।

२०६२/०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुनःस्थापित प्रतिनिधिसभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा ग-यो । त्यसको पाँच वर्षपछि २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो ।

जातीय विभेद गर्नु कानुनतः दण्डनीय भएपनि व्यावहारिक रूपमा कानून कार्यान्वनयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन् ।