खाेज्नुहाेस

पश्चिमी वायुको प्रभावले चट्याङसहित वर्षाको सम्भावना

Image

स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।र आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

navjiwan hospital

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हावा हुरी चल्ने र हल्कादेखि मध्यम वर्षा हुने विभागको आकलन छ।

attariya hospital

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको तराईको भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।