खाेज्नुहाेस

काठमाण्डौमा आयोजित साईन्स एण्ड टेक्नो एक्स्पो २०७९ सम्पन्न

Image

अत्तरिया – काठमाण्डौमा आयोजना गरिएको साईन्स एण्ड टेक्नो एक्स्पो २०७९ कार्यक्रम सम्पन्न भएको छ । २१सौं शताब्दीको शिक्षण पद्घतिको अवलम्बन गर्दै तथा विद्यार्थीहरुमा भएको अन्र्तनिहित क्षमतालाई उजागर गर्न दीप माध्यामिक विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

navjiwan hospital

विद्यालयका प्रधानाध्यापक शैलेश डंगोल सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बाल साहित्यकार प्रमोद प्रधान रहेका थिए । कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं ११ का जनप्रतिनिधी, बाल साहित्यकार विजयराज आचार्य लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन विद्यालयका संंंयोजक सुधन लामिछानेले गरेका थिए । विद्यालयले काठमाडौंको भोटेबहाल क्षेत्रमा एउटा छुट्टै पहिचान विकास गर्दै विद्यार्थीहरुको अन्र्तनिहित क्षमतालाई उजागर गर्दै आएको छ ।

attariya hospital

कार्यक्रममा बर्तमान समयमा विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई पु¥याएको टेवालाई विद्यार्थीहरुको प्रर्दशनी मार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रम मार्फत विद्यार्थीहरुको पठनपाठनमा रहेको सैद्घान्तिक ज्ञानलाई व्यवाहारिक तथा प्रयोगात्मक ज्ञान प्रर्बधनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक शैलेश डंगोलले बताए ।