खाेज्नुहाेस

पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

Image
सांकेतिक तस्बिर

पर्वत – कास्कीको पोखरा महानगरपालिका–५ पस्र्याङमा रहेको खुँडे पोखरीमा डुबेर ४ वर्षीय बालक सुहान केसीको मृत्यु भएको छ ।

navjiwan hospital

सोमबार बेलुका घर नफर्किएपछि उनको खोजी कार्य हुँदै जाँदा मङ्लवार घर नजिकै पोखरामा डुबेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । खेल्न घर बाहिर गएका उनी राती अबेरसम्म पनि घर नफिर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो ।

attariya hospital

बालक खेल्ने क्रममा तालमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीको सहयोगमा बैदाम प्रहरीले पोखरीबाट बालकको शव निकालेको हो ।

घटनास्थलमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरीको अनुगमन गर्दै पोखरीलाई तत्काल सुरक्षित बनाइने बताएका छन् । उनले पोखरीको चारै तर्फको भागलाई सुरक्षित बनाउन निर्देशन पनि दिएका छन ।