खाेज्नुहाेस

बझाङमा साढे चार सय जनाको आँखाको शल्यक्रिया

Image

धनगढी – गेटा आँखा अस्पतालले बझाङका तीन वटा स्थानमा गरेको निःशुल्क आँखा शिविरमा १ हजार ६ सय ३० जनाले सेवा लिएका छन्। गेटा आँखा अस्पतालले माघको ७ गते देखि १६ गतेसम्म बझाङका प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, जिल्ला अस्पताल चैनपुर र भैरव मावि झोतामा गरी ३ स्थानमा आँखा शिविर सञ्चालन गरेको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले जानकारी दिए।

navjiwan hospital

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुइत फाउण्डेशनको सहयोगमा शिविरको आयोजना गरिएको हो। तीन वटै शिविरमा ४ सय ४५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ। त्यमसा पनि सबैभन्दा बढी ४ सय ४३ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो।

godawari nagarpalika dadhelo
attariya hospital

२ जनाको अन्य शल्यक्रिया गरिएको हो। शिविरमा ११ सय ८५ जना आँखाका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ। अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङको नेतृत्वमा सञ्चालित उक्त शिविरहरूमा १५ जना प्राविधिकको टोलीले सेवा दिएका थिए।

गत वर्ष गेटा आँखा अस्पताल र अन्तर्गतका शाखाहरू तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएकोमा २४ हजार १४१ जनाको शल्यक्रिया गरिएको थियो।