खाेज्नुहाेस

सुदूरपश्चिममा कर्मचारीलाई स्थायी गर्ने विधेयकविरूद्ध सर्वोच्चको कारण देखाऊ आदेश

Image

अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई स्वतः स्थायी गर्ने भनी ल्याएको विधेयकमाथि परेको रिटबारे सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।

navjiwan hospital

रिटमाथि सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट दायरकर्ता यादव जोशीले जानकारी दिए। बुधबार संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।

attariya hospital

सुदूरपश्चिम प्रदेश सरकारको कानुन मन्त्रालयले सभामा टेबल गरी सदनबाट गत भदौ १६ गते पास भएर भदौ ३१ गते प्रमाणीकरण भएको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७९’ विरूद्ध रिट परेको थियो।

उत्प्रेषण परमादेशसहित उक्त विवादास्पद ऐन प्रचलित कानुनको प्रतिकूल रहेको भन्दै खारेजीको माग गर्दै वीरभद्र जोशी र यादव जोशीले सर्वोच्च अदालतमा रिट हालेका थिए।