खाेज्नुहाेस

आफ्नै जेठाजुको हत्या गरेको आरोपमा एक महिला पक्राउ

Image

झापामा आफ्नै जेठाजुको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले ४८ वर्षीया रनमाया बास्तोलालाई पक्राउ गरेको हो ।

navjiwan hospital

शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित माइखोला बगरको कासघारीमा बिहीबार पदमलाल मृत अवस्थामा फेला परेका थिए ।घटनाको अनुसन्धानका क्रममा रनमायाले बुधबार घाँस काट्न गएको बेला पदमलालमाथि हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।