खाेज्नुहाेस

सिटी सहकारीको ११ औं साधारणसभा सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी सस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यमा संस्थाको ११ औं बार्षीक साधारण सभा सम्पन्न भएको हो ।

सधारण सभामा सहकारीमा अध्यक्ष श्याम बहादुर खड्काले बार्षिक प्रतिबेदन पेश गरेका थिए भने लेखा समिति सयोजक कल्याण सिह बोहराले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

attariya hospital

सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष खड्काले हाल शेयर चुक्ता पुजी १ करोड ५० लाख पुगेको बताए । उनले २०७९ असार मसान्तसम्म ३ करोड ६१ लाख ५५ हजार ८७७ निक्षेप रहेको बताए ।

सहकारी हाल ७ करोड ३ लाख ५७ हजार ९९६ रुपैयाा ऋण लगानी गरेको छ । गत आर्थिक बर्षमा सहकारीको कुल २५ लाख १० हजार ३५६ नाफा आर्जन गरेको छ ।

navjiwan hospital

सहकारीले आर्थिक बर्ष २०७९/८० मा शेयर पुजी १ करोड ६० लाख पुगाउने लक्ष लिएको सहकारीकी कोषाध्यक्ष दीपा भण्डारीले बताइन् । उनले आर्थिक बर्ष ०७९/८० मा कर्जा प्रबाह ७ करोड पुगाइने बताइन् ।

२०६८ साल मंसिर २० गते ५६ जनाको उपस्थितिबाट सुरु भएको सहकारीमा हाल १ हजार ७४९ जना सेयर सदस्य रहेका छन । कैलालीको गोदावरी नगरपालिका २ मा मुख्य कार्यालय रहेको सहकारीको हाल गोदावरी ८ को श्याउले बजारमा सेवा केन्द्र रहेको छ ।

गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको सहकारीले आगामी दिनमा कार्यक्षेत्र विस्तार गर्ने योजना लिएको छ । सहकारीले अत्तरिया बजार क्षेत्र भित्र सहकारीका सेयर सदस्यको हितका लागि सुपथ मुल्य पसल संचालन गर्ने योजना पनि अघि सारेको छ ।

मोबाइल बैंकिङ सेवाको सुरुवात

यसैबीच सहकारीले ११ बर्ष पुरा गरेको उपलक्षमा मोबाइल बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त मोबाइल बैंकिङ सेवा मार्फत सेवाग्राहीले बैंकमा रकम ट्रान्सफर, मोबाइल रिजार्च, टिभी, नेट, विद्युत महशुल, खानेपानी महशुल हवाई टिकट, खल्ती बालेट ट्रान्सफर, मेरो सेयर र डिम्याट नविकरण लगायतका सेवा लिन सक्नेछन ।

सम्बन्धित समाचार : सहकारीहरुले महाजन सिस्टम तोडे : सासद बम