खाेज्नुहाेस

जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

Image

रुकुम पश्चिम – जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् ।

दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले इकान्तिपुरलाई जानकारी दिए । दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ ।

attariya hospital

वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह बिरामी लिन जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए । उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको मेयर खड्काले बताए ।

जिप दुर्घटनामा ज्यान गुमाउनेहरू

मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख

वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख

अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख

navjiwan hospital

वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट

जैकुवरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट