खाेज्नुहाेस

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे आज भारतलाई चिठी पठाइँदै

Image

दार्चुला – दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारतसँग स्थायी समाधानका लागि पहल गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार भारतीय विदेश मन्त्रालयलाई आइतबार भएको झडपको घटना विवरण र तटबन्धका विषयमा पत्राचार गर्न लागेको हो ।

navjiwan hospital

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि परराष्ट्र मन्त्रालयलाई सोमबार साँझ चिठी लेखेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई चिठी पठाएको जानकारी दिए ।

attariya hospital

‘सोमबार अपराह्न हामीले स्थलगत विवरणसहित परराष्ट्रलाई चिठी लेखेका छौँ,’ उनले भने, ‘प्राविधिक रूपमा पनि समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्छ । यसका लागि दुवै पक्षले सम्भव भएजति प्रयास गर्नु आवश्यक देखिएको छ ।’ घटनाबारे कूटनीतिक प्रयासका विषयमा मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्रसचिव भरतराज पौड्यालबीच पनि सोमबार छलफल भएको छ । गृह मन्त्रालयको चिठीका आधारमा मंगलबार भारतलाई चिठी पठाउने तयारी भएको छ ।

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको थियो । स्थानीयले दुई देश जोड्ने झोलुङे पुलमा तालाबन्दी गरेका थिए ।