खाेज्नुहाेस

ओलीको प्रश्न – अमेरिकन फ्रिडम पार्टी र रास्वपाको चुनाव चिह्न एउटै हुनु संयोग मात्रै होला ?

Image

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे सोधेका छन् ।

navjiwan hospital

पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा उनले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न किन उस्तै भयो भन्ने प्रश्न गरे ।

attariya hospital

आजको कार्यक्रममा सबैभन्दा धेरै रास्वपाको विपक्षमा बोलेका ओलीले भने, ’अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला ।’

ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए । ओलीले आजको कार्यक्रममा धेरै अध्यात्मवादका बारेमा बोले । नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता गरेका थिए ।