अत्तरिया – कैलालीको अत्तरियामा इन्द्रेणी भान्सा घर संचालनमा आएको छ । अत्तरियाको लोटस गल्लीमा शुद्ध, सफा खाना र नास्ताका परिकार उपलब्ध गराउने उद्देश्यका साथ इन्द्रेणी भान्सा घर संचालनमा ल्याइएको हो ।

उक्त भान्सा घर यस ४ जना युवाहरुको टीमले संचालनमा ल्याएको हो । संचालक पुस्कर जोशीले गुणस्तरीय खाना खुवाउने उद्देश्यका साथ भान्साघर संचालनमा ल्याइएको बताए ।

उनले भान्साघर १२ लाखको लगानीमा संचालन गरिएको बताए ।


















